जनता बैंक र हाम्रो अस्पतालबीच सम्झौता : बैंकका ग्राहकलाई उपचारमा छुट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ १६, बिहिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ १६,विराटनगर । जनता बैंक नेपाल लिमिटेड र हाम्रो अस्पताल प्रा.लि. बिराटनगरबिच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ ।

संझौतापत्रमा हाम्रो अस्पतालका सचालक डा. शंकर प्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका शाखा प्रमुख प्रशान्त शर्माले हस्ताक्षर गरेका थिए । ।संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा प्रदान गरिने छ । यस छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएमकार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस