वार्ताको चौतर्फी दवावमा विप्लव, अब के गर्लान् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २१, मंगलबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब बढ्दै गएको छ।

सरकारले गत फागुनमा गतिविधिमा प्रतिवन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारबाही प्रक्रिया असफल हुने क्रम बढ्न थालेपछि चन्द समूहभित्रै केही नेताले वार्तामा जोड दिइरहेका छन्।

नागरिक समाज, बुद्धिजीवी र सत्तपक्षीय नेताले पनि चन्द समूहलाई वार्तामा बस्न दबाब दिइरहेका छन्।

केही दिन अघि नेपाल बन्द गराउने क्रममा बम विस्फोटमा परी आफ्नै कार्यकर्ताको मृत्यु भएपछि चन्द समूहभित्र वार्ताका लागि दबाब चुलिएको छ।

तालिमप्राप्त कार्यकर्ता परिचालन गर्न नसक्दा चार कार्यकर्ताको मृत्यु भएको विषयमा समूहभित्र छलफल सुरु भएको छ।

केही सदस्य वार्ता गर्दा आत्मसर्पणको सन्देश जाने भन्दै तत्काल त्यसतर्फ अघि नवढ्ने पक्षमा छन्।

मागवारे सरकारसँग छलफल गर्नुपर्ने प्रस्ताव राखेपछि पोलिटव्युरो सदस्य पदम राई निलम्बित भएका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस