साउन दोस्रो साता सिर्जनशील उद्यमी मेला

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ २७, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार २७, काठमाडौँ । नेपाली महिला उद्यमीहरुको क्षमता विकास गर्ने तथा सीप अभिवृद्धि गर्ने उद्देश्यले तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला २०७६ हुने भएको छ ।

आयोजक महिला सिर्जनशील केन्द्रले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १८औं तीज फेस्टिभल, सिर्जनशील उद्यमी मेलाबारे विस्तृत् जानकारी गराएको हो ।

आउँदो साउन १६ देखि २० गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा आयोजना हुने मेलामा महिलाद्वारा उत्पादिन सामग्री तथा हस्तकलाका सामग्री प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

मेलामा २०० भन्दा बढी स्टल रहने र एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको मेलाकी संयोजक मिलु थापाले बताइन् ।

महिलाहरुको सीप तथा क्षमता विकास गर्ने उद्देश्यले काठमाडौंबाहिर इटहरी र हेटौंडामा पनि मेला आयोजना गरिने आयोजकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस