असार २९,सुनसरी । कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको वहाब १० वर्षपछिकै सबैभन्दा धेरै प्रति सेकेन्ड ३ लाख ७१ हजार १ सय १० क्यूसेक पुगेपछि सबै ढोका खोलिएको हो । अहिले पानी पर्न कम भएसँगै कोशीमा पानीको बहाव घट्दै गएको छ ।
यता रौतहटको दशगजामा रहेको तटबन्धको ४ मध्य दुई वटा ढोका खोलेपछि अहिले सदरमुकाम गौर सहितका ठाउँमा पानीको निकास भैरहेको छ । अहिलेसम्म झण्डै ८० प्रतिशत पानी निकास भएपछि स्थानीयबासिन्दा सरसफाइमा जुटेका छन् ।
लालबकैया र बाग्मती नदीलाई जोडेर भारतीय पक्षले बनाएको बाँधले सदरमुकाम गौरसहितका क्षेत्र डुबानमा परेको थियो । तर अहिले पानी पर्न पनि कम भएको तथा दुई वटा ढोका पनि खोलिएकाले पानीको सतह कम हुँदै गएको छ ।