विजुली बढी भएपछि नेपालबाट पहिलाेपटक १५० मेगावाट भारत निर्यात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण १, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौँ । नेपालले तल्कालका लागि बिजुली भारत निर्यात गरेको छ।

लगातरको वर्षाका कारण कुलेखानी जलाशययुक्त अयोजना भरिएको र तराईमा बाढीका कारण बिजुली आपूर्ति अवरोध भएपछि बढी भएको भारत निर्यात गरिएको छ।

विगत तीन दिनयता दैनिक एक सय ५० बिजुली निर्यात गरिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । यससँगै नेपालले इनर्जी बैंकिङको सुरुवात गरेको मन्त्री पुनले बताए।

मन्त्रालयमा मंगलाबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री पुनले भने, ‘बाढीले तराईमा बिजुलीको माग घटेकाले यो समयमा हामीलाई बढी भएको बिजुली भारत पठाएको हौं।’

कुसाहा–कटैया प्रसारणबाट ११० मेगावाट र रक्सौल–परवानीपुरबाट ५० मेगावाट गरी कुल १५० मेगावाट बिजुली निर्यात भएको मन्त्री पुनले बताए। उनका अनुसार यी दुई प्रसारण लाइनका विभिन्न सातवटा विन्दुबाट बिजुली भारत पठाइएको हो।

बुधबारदेखि भने तराईमा विद्युत् आपूर्ति नियमित भइ माग बढेपछि भारत निर्यात रोकिनेछ।

बाढीका कारण तराईमा विद्युत्को माग घटेपछि नेपालले विगत तीन÷चार दिनदेखि दैनिक १५० मेगावाट बिजुली भारत निर्यात गरेको पनि उल्लेख छ।

नेपालले बढी हुँदा बिजुली निर्यात गर्ने र आवश्यक पर्दा ल्याउने गरी गरिएको इनर्जी बैंकिङको सदुपयोग भएको ऊर्जा सचिव दिनेश घिमिरेले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस