मनसुनी गतिविधि : बिहीबार केही ठाउँमा मात्र ठूलो पानी पर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २,काठमाडौँ । मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालबाट दक्षिणतर्फ सरेकाले देशभरको मनसुनी गतिविधि कमजोर भएको छ । मनसुनी गतिविधि कमजोर अवस्थामा रहेकाले बिहीबार केही ठाउँमा मात्र ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार सामान्यदेखि आंशिक बदलीको सम्भावना भए पनि स्थानीय वायुको असरले कुनै कुनै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।

महाशाखाले बिहीबार देशभरी कै मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरेको छ । मनसुनी गतिविधिमा स्थानीय वायु मिसिएकाले काठमाण्डौ उपत्यकाका साथै मध्य र पूर्वका केही ठाउँमा बिहीबार बिहानै ठूलो पानी परेको मौसमविद् अर्यालले बताए ।

बिहीबार राति पनि देशका केही भूभागका पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी गतिविधिसँगै स्थानीय वायुको प्रभावले केही ठाउँमा ठूलो वर्षा हुँदा देशको पहाडी भू–भागमा पहिरो जानसक्ने तथा खोला तथा नदीमा जलको बहाव र स्तर हल्का बढ्नसक्ने सम्भावना पनि रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस