अखिलको विवाद छताछुल्ल : माधव नेपाल र प्रचण्ड पक्षद्धारा पत्रकार सम्मेलन बहिस्कार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ३, शुक्रबार (५ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

साउन ३,काठमाडौँ । नेकपा निकट विद्याथृि संगठनको विवाद देखिनेगरी सतहमा आएको छ । भर्खरैमात्रै जोडबलले एकता भएको अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका नेताबीच अझैपनि मन मिल्न नसकेको देखिएको छ । त्यतीमात्रै नभई पुर्व एमालेनिकट विद्यार्थी संगठन भित्रैपनि उही गुटगत मानसिकताले सताएको देखिन्छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा पनि नेताहरुको उपस्थितीले त्यही संकेत गर्यो । पत्रकार सम्मेलनमा केपी ओली गुटका नेताहरुमात्रै सहभागी थिए भने प्रचण्ड र माधव नेपाल गुटको उपस्थिती थिएन ।

पत्रकार सम्मेलनमा देशभित्रै रहेका सुरेन्द्र बस्नेत र उत्तम अधिकारीले पत्रकार सम्मेलन बहिस्कार गरे । त्यस्तै, माधव नेपाल पक्षधर सुदेश पराजुली लगायत पनि पत्रकार सम्मेलनमा गएनन् । प्रचण्ड निकट सह संयोजक रञ्जीत तामाङ विदेशमा छन । संयोजक ऐन महरले एक लौटी कार्यकर्ता भेला आयोजना गरेको माधव–प्रचण्ड पक्षका नेताहरुको आरोप छ । पत्रकार सम्मेलनमा किन जानुभएन भन्ने अनलाईनकेन्द्रको प्रश्नमा अखिलका नेता सुरेन्द्र बस्नेतले भने–’उहाँहरुलाई हाम्रो अनुरोध थियो, सबै मिलेर अघि बढ्नुपर्छ भन्ने थियो, भर्खरै एकता प्रक्रिया अघि बढेकोले सह–संयोजक जी बाहिर गएको बेला संगठनको आम धारणा सार्वजनिक गर्ने कुरामा हतार नगरौँ भन्ने हाम्रो धारणा थियो ।’ उनले पत्रकार सम्मेलनमा उठाइएका विषयबस्तुको विरोध नभई विधि र प्रक्रियामा विरोध रहेको बताए । बस्नेतले एकताको मर्म अनसार पछिल्लो समय नेतृत्व अघि बढ्न नसकेको आरोप लगाए ।

अखिलका अर्का नेता सुदेश पराजुलीले कुनैपनि निर्णय संस्थागत हुनुपर्नेमा जोड दिए । अनलाईनकेन्द्रसंग कुराकानी गर्दे उनले भने– ‘निर्णय सकारात्मक भएपनि विधि र प्रक्रिया नियमसंगत भएन, संगठनमा व्यक्तिको कुरा गौण हुन, सबैको अपनत्व हुने किसिमका कार्यक्रम र निर्णय गर्न सकिएमात्रै संगठन बलियो र दिगो हुन्छ,’ उनले अहिले संगठन पुर्ण व्यवस्थमपन नभईसकेको अवस्थामा सवै एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

अखिलका संयोजक ऐन महर भने असन्तुष्ट पक्षले कुनै गुनासो गर्नुको तुक नरहेको बताए । उनले भने– ‘बैठकले गरेको निर्णय अनुसार भेला गरिएको हो । बैठकमा सबैले हुन्छ भन्ने कार्यक्रममा नआएर बाहिर अरु कुरा गदर्नुको कुनै तुक छैन।’ उनले गतिशिल संगठनले आफ्नो गतिविधि गरिरहनुपर्नेमा जोड दिए । उनले भने-‘हिजोको अनुपस्थितीलाई लिएर धेरै उचाल्नु जरुरी छैन, भ्याउने साथीहरु आउनुभयो, नभ्याउने साथीहरु आउनुभएन ।’

ताजा अपडेट

खोजी गर्नुहोस