नेकपाको शक्तिशाली बिभाग प्रमुखमा गौतम ! पहिलो चरणमा कसले के जिम्मेवारी पाए ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ३, शुक्रबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन ४,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सवैभन्दा शक्तिशाली चार बिभागको प्रमुख टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओलीसहित बसेको बैठकले पूर्वएमालेतर्फको चार बिभागको प्रमुखमा सचिवालयकै चार सदस्य रहने गरी सहमति भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिभागको जिम्मेवारी टुंगो लगाउने क्रममा बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेलसहित बैठक राखेर बिभागको नेतृत्वमा सहमति जुटाएका हुन । नेकपाको महत्वपूर्ण छ विभागमध्ये चार ओटा बिभागको प्रमुख पूर्वएमालेको भागमा परेपछि सचिवालय बैठक अगावै सहमति भएको हो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँगको बैठकमा पूर्वएमालेको भागमा संगठन विभाग, पार्टी स्कुल विभाग, विदेश विभाग र नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पाउने सहमति भएको थियो ।

सोहीअनुसार चार ओटै बिभागको प्रमुख सचिवालयकै नेताहरुले गर्ने तय भएको छ । सहमतिअनुसार बरिष्ठ नेता माधवकुमार नेपालले बिदेश बिभाग, झलनाथ खनालले नीति तथा प्रतिष्ठान विभाग, सचिवालय सदस्य बामदेव गौतमले संगठन बिभाग र उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य इश्वर पोखरेलले पार्टी स्कुल विभाग प्रमुख हुने टुंगो लागेको हो ।

‘पूर्वएमालेको भागमा परेको बिभाग प्रमुखको नाम टुंगो लागेको छ, यसैअनुसार सचिवालयले निर्णय गर्छ,’ बालुवाटार बैठकको निर्णय सुनाउँदै एक नेताले भने ।

ती नेताका अनुसार अव पूर्वएमालेतर्फ कार्यबिभाजनमा कुनै बिवाद छैन । ‘सवै नेताले चाहेको बिभाग पाउनुभएको छ, अव कार्यबिभाजनमा कुनै बिवाद वा मतभेद छैन, अध्यक्षले सवै नेतालाई सहमतिमा ल्याउनुभएको छ,’ सचिवालयका ती नेताको भनाई थियो । नेकपामा ३२ ओटा केन्द्रीय विभाग रहेका छन । तीमध्ये १८ वटा पूर्वएमाले र १४ ओटा पूर्वमाओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएको छ ।

अध्यक्षद्वय र महासचिवले कुनै पनि विभागको नेतृत्व नलिने सहमति यसअघि नै भइसकेको छ । यस्तै पूर्वमाओवादीको भागमा परेको प्रचार तथा प्रकाशन बिभाग र आर्थिक बिभाग प्रमुखको बिषयलाई लिएर अध्यक्ष प्रचण्डले परामर्श गरिरहेका छन । पार्टी प्रवक्तासमेत रहेकाले प्रचार बिभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस