दसैंका लागि २ खर्बको आयात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १२, बिहिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाडौं । चाडपर्व लक्षित गरेर व्यवसायीले २ खर्ब रुपैयाँको वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोलेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आइतबारसम्म १ खर्ब ८० अर्ब ४४ करोड ३८ लाख ८० हजार रुपैयाँको प्रतीतपत्र खोलिएको छ। यसरी खोलिएका प्रतीतपत्रको सामान भने आइसकेको छैन।

‘भारतबाट कतिपय सामान एलसी खोलेको ७–१० दिनमै आयात भइसक्छ। त्यस्ता एलसीको तथ्यांक यहाँ समावेश छैन,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला भन्छन्।

चाडपर्वका बेला उपभोग्य वस्तुको आयात बढी हुन्छ। सवारीसाधन, खसी, बोका, भेडाच्यांग्रा, फलफूल, लत्ताकपडाको आयात चुलिने गरेको छ।

तरकारी, चिनी, लसुन, रङका कच्चापदार्थ, मसलाजन्य वस्तु, क्यामेरा, मोबाइल र अन्य दूरसञ्चार उपकरण, घडी र खेलौना आयातको ठूलो हिस्सा यही अवधिमा हुने गरेको छ।

तीन वर्षयताको तथ्यांकले वर्षभरमा आउने टाँकमध्ये आधाभन्दा बढी साउनदेखि कात्तिकको बीचमा आयात भइसक्छ। तेस्रो मुलुकबाट हुने कपडा आयातको शतप्रतिशत यही अवधिमा हुने गरेको राष्ट्र बैंकको तथ्यांक छ।

ताजा अपडेट

खोजी गर्नुहोस