श्री एयरलाइन्सको दुईवटै बम्बार्डियरको टर्बोजेट काठमाडौँ आईपुग्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १२, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १२,काठमाडौँ । श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको क्वू ४०० सिरिजको दोस्रो जहाज पनि बिहिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । श्री पुर्व घोषणा अनुरुप नै ले दुईवटा Dash-8 Q400 जहाज ल्याएको हो ।

यसअघि बम्बार्डियरकै जेट इन्जिन सिआरजे सिरिजका चार जहाजबाट आन्तरिक उडान गरिरहेको एयरलाइन्सले अव टर्बोजेट जहाज पनि सञ्चालनमा ल्याउन लागेको हो। सोमबार मात्रै श्री को बम्मार्डियरको क्वू ४०० सिरिजको जहाज अवतरण गरेको थियो विशेषगरी पोखरा, सिमरा र जनकपुर उडान गर्नेगरी एयरलाइन्सले यो जहाज ल्याएको जानकारी दिएको छ।

८० सिट क्षमताको यी जहाजबाट एयरलाइन्सले श्रीसँग भएका सिआरजे सिरिजका जेट जहाजभन्दा न्यून इन्धन खपत गर्ने छ तर बुद्ध र यति एयरलाइन्स उडाइरहेका एटिआरभन्दा धेरै। तर पनि श्रीको ठूलो जहाजबाट पोखरामा उडान शुरु गरेपछि भाडामा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।भारतीय सहरमा चार्टर्ड उडानका लागि सफल परीक्षण उडान गरिसकेको एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडानको लाइसेन्स पनि पाएको छ। श्रीसँग आज आएको जहाजसँगै ६ पुगेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस