भाद्र १५,काठमाडौँ । ढोरपाटन शिकार आरक्षणमा विदेशीले शिकार खेलेबापत ३ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
२०७५/७६ को पहिलो सिजन (असोज–मंसिर) मा १ करोड ९ लाख र दोस्रो सिजन ९फागुन–वैशाख० मा २ करोड ११ लाख रुपैयाँ उठेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठका अनुसार पहिलो सिजनमा नाउर १० र झारल ६ वटा शिकार खेल्न अनुमति दिइएको थियो । दोस्रो सिजनमा नाउर १० र झारल ४ वटा थिए ।