खसीबोका आयातमा कडाइ, दशैँमा मासु महँगो हुने ! स्थानीय उत्पादकलाई राहात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १६, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद्र १६,काठमाडौँ । सरकारले औपचारिक घोषणा बिनै खसीबोका आयातमा कडाइ गरेपछि दशैँमा मासु महँगो हुने भएको छ ।

व्यवसायीहरुका अनुसार दशैँमा खसीको तयारी मासु प्रतिकेजी रु १५ सयभन्दा माथि पुग्न सक्नेछ ।

हाल काठमाडौँ उपत्यकामा दैनिक १ हजार २०० खसी बोकाको माग छ, जसको ४० प्रतिशत अंश भारतीय आयातबाट धानिएको छ ।

केही समय यता सकरकारले भारतबाट आयात हुने खसीबोकामा कडाइ गरिरहेको छ ।

चौपाया खरीद विक्री संघका अनुसार दशैँ तिहारको समयमा उपत्यकामा मात्र करीब ५० हजार खसीबोकाको माग हुन्छ ।

उक्त मागलाई धान्न सक्ने गरी स्वदेशमा खसीबोकाको उत्पादन हुन थालेको छैन । खसीबोका उत्पादनमा आत्मनिर्भरको बाटोमा जान लागेको अवस्थामा स्थानीय किसान भने स्थानीय किसान भने उत्साही हुने भएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस