सय मेनपावर ‘मर्ज’ हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र १६, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १०,काठमाडौँ । म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मेनपावर कम्पनीहरुलाई एकआपसमा गाभिन (मर्जर) निर्देशन दिएसँगै मेनपावर व्यवसायीहरु यसको कार्यान्वयनमा जुटेका छन् ।

आइतबारसम्म दुई सय ६६ वटा मेनपावर मर्जनर प्रक्रियामा जानको लागि वैदेशिक रोजगार विभागमा व्यवसायीहरुले निवेदन दिएका छन् ।

विभागका प्रवक्ता भोलानाथ गुरागाईंका अनुसार ९८ वटा मेनपावर ‘मर्ज’ हुनका लागि दुई सय ६६ वटा मेनपावर ‘मर्जर’ प्रक्रियामा जान चाहेका छन् ।

पाँच सय ७६ वटा मेनपावरले बैंक ग्यारेन्टी राखेको विभागले जनाएको छ भने नगद राख्नेमा पाँच सय ३३ वटा मेनपावर रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस