भाद्र १७, काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैँक खाता खोलेको प्रमाण पेश गर्नु पर्ने व्यवस्था लागू गरेको छ।
रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य सरकारी सहायताको आर्थिक कारोबार सहज बनाउन बैँक खाता अनिवार्य गरिएको छ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैँकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने जनाउँदै सूचना समेत जारी गरेको जनाएको छ।
श्रमिकले देशभर रहेका २८ वाणिज्य बैँक र २९ विकास बैँकका विभिन्न शाखा कार्यालयहरुमा खाता खोल्न सक्ने विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए।