एटिएम कार्ड बोक्नेलाई राष्ट्र बैंकको सुविधा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र २४, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र २४, काठमाडौं । डेविट वा क्रेडिट कार्डबाट भुक्तानी लिने रेष्टुरेन्ट, टिकट काउन्टर लगायत स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले राहत दिएको छ ।

रेष्टुरेन्ट, टिकट काउन्टरलगायतका स्थानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा हुने भुक्तानीमा सेवा प्रदायकहरुले लिने शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेसँगै सरकारले नगदको साटो कार्डको प्रयोग बढाउन खोजेको संकेत पनि दिएको छ ।

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै प्वाइन्ट अफ सेल मार्फत हुने भुक्तानीमा कुनै पनि प्रकारको शुल्क लिन नपाउने व्यवस्था गरेपछि डेविट तथा क्रेडिट कार्डमार्फत हुने भुक्तानीमा भुक्तानी वापतको शुल्क लिन नपाउने व्यवस्था भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस