ला लिगा फुटबलमा भिल्ला रियलकाे आल्भेसमाथि शानदार जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक ९, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक ९, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भिल्ला रियलले आल्भेसमाथि शानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा भिल्ला रियलले अल्भेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भिल्ला रियललाई जित दिलाउन कार्ल तोको एकाम्बीले दुई गोल गरे भने जेर्राड मोरेनो र जाभियर ओन्टिभेरोसले एक-एक गोल गरे । त्यस्तै अल्भेसका लागि लुकास पेरेजले एक गोल फर्काए ।

खेलको १३ औँ मिनेटमा एकाम्बीले गोल गर्दै भिल्ला रियललाई अग्रता दिलाए । पहिलो हाफसम्म भिल्ला रियल एक गोलले अघि रहेको थियो ।

तर दोस्रो हाफको ५० औँ लुकासले गोल गर्दै आल्भेसलाई खेलमा फर्काए । ६५ औँ मिनेटमा एकाम्बीले व्यक्त्तिगत दोस्रो गोल गर्दै फेरि घरेलु टोलीलाई अग्रता दिलाए । खेलको ८४ औँ मिनेटमा जेर्राडले र खेलको इन्जुरी समयमा जाभियरले गोल गर्दै भिल्ला रियललाई ४-१ को सहज जित दिलाए ।

जितसँगै भिल्ला रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । भिल्ला रियलले १० खेलमा १७ अंक जोडेको छ ।

पराजित अल्भेस भने १० खेलमा ११ अंकसहित १४ औं स्थानमा रहेको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस