श्रीलंकाविरुद्धको खेल अष्ट्रेलियाका बलर स्टार्कले गुमाउने !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक १२, मंगलबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

कार्तिक १२,काठमाडौँ । श्रीलंकाविरुद्धको दोस्रो टी–२० क्रिकेट खेल अष्ट्रेलियाका बलर मिचेल स्टार्कले गुमाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अनुसार व्यक्तिगत कारण देखाउँदै स्टार्कले दोस्रो खेल नखेल्ने भएका हुन् । आफ्नो भाइ ब्राण्डनको विहेमा व्यस्त हुने हुँदा श्रीलंकाविरुद्धको दोस्रो खेल नखेल्ने भएका हुन् । अष्ट्रेलियाले यही बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि भएको पहिलो खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १३४ रनले पराजित गरेको थियो । अष्ट्रेलियाका लागि स्टार्कले चार ओभरमा १८ रन खर्चिंदै दुई विकेट लिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस