चेल्सीले वाटफोर्डलाई २–१ गोलअन्तरले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । वाटफोर्डलाई पराजित गर्दै चेल्सी इंग्लिस प्रिमियर लिगकाे तेस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

वाटफोर्डको मैदानमा चेल्सीलाई जित दिलाउन टमी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे । वाटफोर्डका लागि जेरार्ड डेउलोफेउले एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा नै अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले अघि रहेको चेल्सीले ५५औं मिनेटमा पुलिसिकको गोलबाट २–० गोलको अग्रता लिएको थियो ।

८०औं मिनेटमा डेउलोफेउले पेनाल्टीबाट गोल गर्दै वाटफोर्डलाई खेलमा फर्काउने कोसिस गरे । तर बाँकी समयमा गोल नभएपछि खेल चेल्सी विजयी बन्यो ।

जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ११ खेलबाट २३ अंक छ । पराजित वाटफोर्ड भने लिगको २०औं स्थानमा छ ।

त्यस्तै, अर्को खेलमा म्यान्चेष्टर सिटीले पुनरामगन जित आत्मसाथ गरेको छ । शनिबार राति घरेलु मैदान ईतिहाद स्टेडियममा सिटीले साउथह्याम्टनलाई २–१ गोल अन्तरले हराएको हो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस