कार्तिक १७, काठमाडौं । लियोनल मेस्सी कप्तानीको बार्सिलोना पराजित भएका छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा खेलमा लेभान्टेले बार्सिलोनालाई ३–१ ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिएर पनि बार्सिलोना पराजित भयो । उसका लागि मेस्सीले ३८ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।
तर दोस्रो हाफमा लेभान्टेले ७ मिनेट भित्रमा तीन गोल गरेको हो । उसका लागि ६१ औँ मिनेटमा जोसे काम्पानाले बराबरी गोल फर्काए । ६३ औँ मिनेटमा बोर्खा मायोरलले गोल गर्दै लेभान्टेलाई अघि लगे ।
६८ औँ मिनेटमा नेमानिया राडोयाले गोल गरेपछि लेभान्टेले ३–१ को अग्रता लियो । त्यसपछि पनि बार्सिलोनाले गोल फर्काउन सकेन र पराजित भयो ।
पराजित भए पनि ११ खेलबाट २२ अंकसहित बार्सिलोना शीर्ष स्थानमा कायम छ । आठौँ स्थानमा पुगेको लेभान्टेको १२ खेलबाट १७ अंक भएको छ ।