कात्तिक २३, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले आज (शनिबार) नेपालविरुद्व टी–ट्वान्टी क्रिकेट खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल बिहान ११ बजेपछि सुरु हुनेछ ।
एमसीसीले नेपाल मिक्स यू–१९ टिमविरुद्व पहिलो टी–ट्वान्टी क्रिकेट खेल्न लागेको हो ।
पहिलो एकदिवसीय खेलमा एमसीसीसंग नेपाली यू–१९ टिम पराजित भएको थियो ।
तर सिनियर क्रिकेट टिमले दोस्रो एक दिवसीय खेलमा एमसीसीलाई हराएको थियो ।
नेपालविरुद्वको तीन दिवसीय क्रिकेटमा भने एमसीसीले ठुलो अन्तरको जित आत्मसाथ गरेको थियो ।
लिगेसी टूर अन्तर्गत काठमाडौंमा हुने अन्तिम खेलमा एमसीसीले नेपाल मिक्स यू–१९ टिमसंग टी–२० क्रिकेट खेल्न लागेको हो ।
बलगत्तै एमसीसी टिम पोखरा जानेछ । त्यहाँ उसले पोखरा आमन्त्रण ११ र मुख्यमन्त्री ११ संग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।