वैकल्पिक सुचिमै नरहेका सागर यू१९ टोलीमा !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक २३, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोली भारतमा हुने यू-१९ च्यालेन्जर कपका लागि शनिवार भारतको हैदरावाद प्रस्थान प्रस्थान गर्दै छ । । तर नेपाली यू१९ टोलीमा वैकल्पिक सुचिमै समेत नभएका स्पिनर सागर ढकाललाई यू१९ टोलीमा बोलाईएको छ ।

यसअघि घोषित टोलीमा रहेका स्पिनर सूर्य तामाङ घाइते भएपछि उनको स्थानमा लामो समयदेखि यू-१९ क्रिकेट खेल्दै आएका सागरले टोलीमा स्थान बनाएका हुन् । सिनियर टोलीकै क्याम्पमा परिसकेका सागरलाई वैकल्पिकको सुचिमा नहुँदा नहुँदै सिधै अन्तिम टोलीमा समावेश गरिएको हो । गत बुधबार फिल्डिङको क्रममा अफ स्पिनर स्पिनर सुर्य तामाङ घाइते हुँदा बायाँ हातको चोर औलामा चोट लागेपछि उनले भारत भ्रमण गुमाउने भएका हुन् ।

पूर्वघोषित टोलीमा भारत भ्रमणका लागि वैकल्पिक सुचिमा दीपक बोहरा, दुर्गेश गुप्ता, निखिल कुमार सिंह र सोनु देवकोटा छन् । सोनु स्पिनर हुन् भने दीपक बोहरा र निखिलकुमार सिंह ब्याटिङ अलराउन्डर हुन् । दुवै खेलाडीले यसअघि यू-१६ उमेर समूहमा स्पिन बलिङमा आफ्नो खुवी प्रस्तुत गरिसकेका छन् । सोनु भने पहिलो पटक टोलीमा पर्ने प्रयासमा थिए ।

औपचारिक प्रतियोगिता नभएका कारण नयाँ खेलाडीले मौका पाउने धेरैले अपेक्षा गरेका थिए । तर प्रशिक्षक दासले भने टोली बलियो बनाउन सागरलाई समेटिएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस