एटीपी फाइनल्समा रोजर फेडेररको पहिलो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक २७, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक २७, काठमाडौं । पूर्वविश्व नम्बर एक स्वीस खेलाडी रोजर फेडेररले एटीपी फाइनल्स टेनिसमा पहिलो जित निकालेका छन् ।

लन्डनमा मंगलबार राति भएको खेलमा इटालीका माटियो बेरेट्टिनीलाई पराजित गर्दै फेडेररले पहिलो जित निकालेका हुन् ।

फेडेररले बेरेट्टिनीलाई ७-६, ७-२ र ६-३ को सोझो सेटमा पराजित गरे । जितसँगै फेडेररले सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राखेका छन् ।

फेडेरर पहिलो खेलमा डोमिनिक थिमसँग पराजित भएका थिए । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस