युरोकप फुटबलका लागि इंग्ल्याण्डले शानदार जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौं । युरोकप फुटबलका लागि यसअघि नै छनौट भइसकेको इंग्ल्याण्डले शानदार जितसहित छनौट चरण टुंग्याएको छ । छनौट चरणको अन्तिम खेलमा समूह ए मा रहेको इंग्ल्याण्डले आइतबार राति कोसोभोलाई ४–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको इंग्ल्याण्डले दोस्रो हाफमा तीन गोल थपेको हो । इंग्ल्याण्डको जितमा ह्यारी विन्क्स, ह्यारी केन, मार्कस राशफोर्ड र मेसन माउन्टले गोल गरेका हुन् ।

३२ औँ मिनेटमा विन्क्सले गोल गरेर इंग्ल्याण्डले सुरुवाति अग्रता दिलाए । विन्क्सले इंग्ल्याण्डका लागि गरेको यो पहिलो गोल हो । ७९ औँ मिनेटमा केन तथा ८३ औँ मिनेटमा राशफोर्डले गोल गरे ।

इन्जुरी समयको पहिलो मिनेटमा माउन्टले गोल गरेपछि इंग्ल्याण्ड ४–० ले विजयी भयो । समूह विजेता बनेको इंग्ल्याण्डको ८ खेलबाट २१ अंक भयो ।

समूह उपविजेताका रुपमा युरोकपमा छनौट भएको चेक गणतन्त्र भने छनौट चरणको अन्तिम खेलमा बुल्गेरियासँग १–० ले पराजित भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस