मंसिर २, काठमाडौं । एटिपी फाइनल्स टेनिसको उपाधि स्टेफानोस सिट्सिपासले जितेका छन् । २१ वर्षका ग्रिक खेलाडी स्टेफानोसले पहिलो सहभागितामै उपाधि जितेका हुन् ।
अस्ट्रियाका २६ वर्षका डोमिनिक थिएमलाई ६–७ (६–८), ६–२ र ७–६ (७–४) को सेटमा पराजित गरेर स्टेफानोसले उपाधि जितेका हुन् । उनी पछिल्लो १८ वर्षमा एटिपी फाइनल्सको उपाधि जित्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।
स्टेफानोसले उपाधिसँगै २० लाख पाउण्ड स्ट्रर्लिङ्ग भन्दा बढी पुरस्कार रकम जितेका छन् । विश्व नम्बर ६ स्टेफानोसले ट्रफी उचाल्दा अलौकिक महसुस भएका बताएका छन् ।