नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको तेस्रो खेलमा आज नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

ढाकामा बंगलादेशविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । बंगलादेशका कप्तान नज्मुल सान्तोले टस जितेर पहिले फिल्डीङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । प्रतियोगिताको तीनै खेलमा नेपालले टस हारेको छ ।

अघिल्लो चरणमा प्रवेश गर्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । तर उपाधिको बलियो दाबेदार मानिएको बंगलादेश पनि सहज जितसँगै अघिल्लो चरणको स्थान पक्का गर्न चाहन्छ ।

बंगलादेशविरुद्धको खेलमा सोमपाल कामी टोलीमा फर्केका छन् । उनलाई हङकङविरुद्धको अघिल्लो खेलमा विश्राम दिइएको थियो । अभिनाष बोहोरा भने बेन्चमा फर्किएका छन् ।

त्यस्तै हङकङविरुद्ध विकेट विहीन बनेका स्पिनर ललित नारायण राजवंशी आज टोलीमा परेका छैनन् । उनको स्थानमा नेपालले ब्याटिङ बलियो पार्न सन्दीप जोरालाई मौका दिएको छ ।

समुह ’बी’ मा रहेको नेपाल र बंगलादेशले समान दुई खेल खेलेका छन् । नेपालले एकमा जित र एकमा हार व्यहोरेको थियो भने बंगलादेशले दुईवटै खेल जितेको थियो ।

यद्यपी आजको खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेर हङकङले अप्रत्याशित नतिजा निकाल्दा पनि नेपाल अगाडि बढ्ने सम्भावना रहन्छ । नेपालले जित हासिल गरेको अवस्थामा भारतले पनि जित हात पारे तीन देशको रनरेट हिसाब हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस