देशको भविष्य उज्ज्वल छ, निराश नहुनुहोस् : प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर ६, शुक्रबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

मंसिर ६,काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भविष्य उज्ज्वल रहेकाले निराश नहुन आम नागरिकलाई आग्रह गरेका छन । पनौती नगरपालिका चौकोटमा रहेको काठमाडौं विश्वविद्यालयको पच्चीसौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुलुक विकासको नयाँ चरणमा गएकाले उत्साहका साथ लाग्नुहोस् भने ।

आज दीक्षित हुनुहुने भाईबहिनी उत्साहित हुनुहुन्छ, अभिभावक उत्साहित हुनुहुन्छ, सरकार नै उत्साहित छ, यो उत्साहलाई मुुलुक निर्माणमा लगाउन सक्नुपर्छ । प्रधानमन्त्रीले थपे­ किन भने देशको भविष्य उज्ज्वल छ । उनले मुलुक सफल हुनका लागि इमान्दारिता र आत्माविश्वास चाहिन्छ भने ।

जुनसुकै काम गर्न पनि हामीमा इमान्दारिता र आत्माविश्वास भयो भने सफल हुन सकिन्छ । त्यसतर्फ तपाईहरुले ध्यान दिन जरुरी छ । उनले मुलुक आर्थिक रुपमा केही समय पछाडि परेको भएपनि अब पछाडि नपर्ने बताए । उनले शिक्षाका कारण पनि मुलुक पछाडि परेको बताउदै शिक्षाको विस्तारसँगै मुलुक पनि आर्थिक रुपमा सम्पन्न हुने बताए ।

दुई चरणमा हुने दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ जनाले उपाधि प्राप्त गर्नेछन् । ति मध्ये एमसीएच÷डिएम, एमडी, एमएस, एमएस्सी र एमडीएसका १४८ जना विद्यार्थी दीक्षित हुनेछन् भने एमबीवीएसका एक हजार ९८ जना दीक्षित हुनेछन् ।

बीडीएसका २१८, बीएस्सी ईन नर्सिङ्गका ११६ र बीपीटीका २४ जनालाई दीक्षित गरिदैछ । विश्वविद्यालयले दशकदेखि दुई चरणमा दीक्षान्त समारोह आयोजना गर्दै आएको छ । विश्वविद्यालयले पहिलो पटक मेडिकल विद्याको माथिल्लो तहको एमसीएच÷डीएम उपाधी ६ जनालाई प्रदान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस