पौष ७, काठमाण्डौँ । नागढुङ्गामा चेकजाँचको क्रममा यार्सागुम्बासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगामा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काको कमाण्डमा खटिएको टोलीले ४।२४५ केजी यार्सागुम्बासहित ३ जनालाई पक्राउ गरेको हो । फेला पारिएको यार्सागुम्बाको मूल्य करिव ८० लाख रहेको छ ।
पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय नागरिक दार्चुला जिल्ला दुहम गापा ५ बस्ने ४८ वर्षीय गर्जे सिँह महरा तथा भारत उतराखण्ड, जिल्ला चमौलि, पोष्टअफिस लत्ता, ग्राम लत्ता बस्ने ३२ वर्षीय प्रेम सिंह र भारतकै उतराखण्ड, जिल्ला चमौलि, पोष्ट अफिस उर्गम, ग्राम सल्ना बस्ने वर्ष ३२ वर्षीय हरिश सिंह रहेका छन् ।
सवारी साधनको भित्री पार्टपुर्जा मेकानिक्सद्वारा खोली चेकजाँच गर्ने क्रममा उक्त परिमाणको यार्सागुम्बा चालकको सिट पछाडिका सिटहरूको दुबै साईडमा रहेको बोतल स्ट्याण्डमा लुकाइएको अवस्थामा भेटिएको हो । भारतीय UK o4 TB1967 नम्बरको मारूती कारबाट यार्सागुम्बा बरामद गरिएको हो ।