पौष ८, काठमाण्डौँ । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ११ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।
संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता भएका ती दललाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोजले जनाएको छ । त्यसै गरी आयोगले निर्वाचन अधिकृत पनि नियुक्ति गरेको छ ।