पौष ९, काठमाण्डौँ । संसद् सचिवालयले प्रतिनिधिसभाको नयाँ सभामुख निर्वाचन पुस १४ गते गर्ने तयारी गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको अनुकूलताका आधारमा सचिवालयले १४ गते नयाँ सभामुख निर्वाचनको गृहकार्य गरेको हो। शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले सभामुख निर्वाचनका लागि निर्वाचन अधिकृत तोक्ने र निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार १३ गते बिहान १० देखि ५ बजेसम्म नयाँ सभामुखको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय र्निधारण गर्ने तयारी छ भने १४ गते १ बजे बस्ने संसद् बैठकमा नयाँ सभामुख निर्वाचन गर्ने तयारी छ । यो खबर नागरिक दैनिक छ । निर्वाचनको मिति तीन दिनको समयावधि राखेर तोकिने परम्पराबमोजिम ११ गते बस्ने संसद् बैठकले पुस १४ गतेलाई निर्वाचन मिति तोक्ने तयारी गरिएको हो।