कांग्रेसका संघीय सांसद कँडेल र प्रदेश सांसद कलवार भारतीय नागरिक ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष १३, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाण्डौँ । नेपालका पूर्वगृह राज्यमन्त्री तथा कांग्रेसका बहालवाला सांसद देवेन्द्रराज कँडेलले भारतीय आयकर ऐन,१९६१ अनुसार ४९ए क्याटगोरीको प्यान कार्ड लिएका छन् । यो कार्ड भारतीय नागरिकको विशेषाधिकार हो । गैरभारतीय मात्र होइन, भारतीय मूलका विदेशीले पनि यो क्याटगोरीको कार्ड पाउँदैनन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा नरेश ज्ञवाली र पुष्प ढुंगानाले लेखेका छन् ।

उनीहरुका नाममा ४९एए अनुसार प्यान कार्ड जारी गरिन्छ । त्यति मात्र होइन, भारतीय आयकर विभागमा सुरक्षित कँडेलको फाइलमा ‘इन्डियन सिटिजन फ्ल्याग’ पनि स्ष्ट उल्लेख छ । कँडेलकै क्षेत्रका प्रदेश सांसद बैजनाथ कलवार (जयसवाल) सँग पनि भारतीय नागरिकता रहेको खुलेको छ । उनी कांग्रेसका तर्फबाट नवलपरासी २ (ख) बाट निर्वाचित भएका हुन् । कँडेल र कलवार दुबैसँग भारतीय नागरिक भएको दस्तावेजै प्राप्त भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस