पौष १४, काठमाण्डौँ । अनेरास्ववियूका केन्द्रिय नेता सुदेश पराजुलीले पार्टी एकताको मर्म अनुसार काखा र पाखा नगरी सङ्गठनको एकता गर्नु पर्ने बताएका छन् ।
पार्टीले एकताको जथाभावी निर्णय गर्ने, योग्य भन्दा पनि नेताले आफ्नो गुटको मानिसलाई अवसर दिने परिपाटी पछिल्लो समय बढेको छ । मत फरक भएका अल्पमतमा भएकाहरुको कुराको सुनुवाई नै नहुने परिपार्टी अन्त्यको लागि नेताहरुलाई पार्टी एकताको मर्म अनुसार चल्न समाजिक सञ्जाल फेस्वुकमा लामो स्टाटस लेखेका छन् ।
नेता पराजुलीले सामाजिक सन्जालमा ब्यक्त गरेका धारणा :
कमरेड ,
एक सहयोद्वाको पिढामा, उसको आशुमा के हामीले विजयको उज्यालो खोजेको हो हामिले । आफ्नै मित्रको खरानीमा दिप बाल्न खोजेको हो त हामीले । के हामिले सिकेको बर्गिय पक्षधरता यहि नै हो त ? के हाम्रो राजनीतिले हामी आफु भित्रकै जय र पराजयको बिम्बलाई मात्रै अब बोक्ने हो ? एकताको भावनाले के आज आफ्नै सहयोद्वाको राजनीति मृत्युको परिकल्पना मात्रै बोकेको छ त ? एकता कति सुन्दर छ तर यसले सम्पूर्ण रुपमा एक सहयोद्वाको राजनीतिक यात्राको समाप्तिको मलजल गर्न खोजेका छौ त हामिले ? आफ्नै मित्रको अन्यायमा के उल्साहरउत्साह मात्रै बोकेर आगामी दिनको नयाँ गोरोटे हिड्न खोजेका छौ त अब हामीले रु हाम्रो ईतिहास साची छ कमरेड हाम्रो संगठन, हाम्रो पार्टी विभाजन हुँदा हजारौं पटक रुएका छौ हामी, फेरि हाम्रो पार्टी, हाम्रो संगठन एकता हुँदा हामि लाखौ लाख पटक हासेका छौ खुशीले उफ्रेका छौ यो हो कमरेड हाम्रो ईतिहास, के आजको दिनमा यहि भएको छ वा अरु नै चिज भएको छ । एकपटक सोचौ कमरेड हामिले ।