”कालापानी क्षेत्र भारतको मानचित्र हो, जारी गरिएको नयाँ नक्सा सही छ” : प्रवक्ता रविश कुमार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष १८, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाण्डौँ । कालापानी क्षेत्र भारतीय पक्षले आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षको भने यस्तो भनाई आएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत स्पष्ट रहेको बिहीबारको प्रेस ब्रिफिङमा बताएका थिए ।

साप्ताहिक पत्रकार सम्मेलनमा उनले कालापानी क्षेत्र भारतको मानचित्र भएको बताए । उनले सीमाको विषयमा कुनै विवाद नभएको समेत स्पष्ट पारेका छन् । उनले आफूहरूले जारी गरेको नयाँ नक्सा सही भएको दाबी गरे । नेपाललाई हानि–नोक्सान पु¥याउने गरी आफ्नो राजनीतिक नक्सा नबनेको समेत उनले पत्रकार सम्मेलनमा बताए थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस