पौष १८, काठमाण्डौँ । बिहीबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा जान आग्रह गर्दा वामदेव गौतमले भने अस्वीकार गरेका छन् । बिहीबारको बैठकमा गौतमले राष्ट्रियसभामा जान अस्वीकार गरेपछि शुक्रबारको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको नाम टुंगो लगाएको हो ।
गौतमले आफूलाई राष्ट्रियसभामा लाने भए संविधान संशोधन अथवा आफुलाई प्रधानमन्त्री पद दिन शीर्ष नेतृत्वलाई चुनौती दिएका थिए । संविधान संशोधन गरेर आफुलाई प्रधानमन्त्री बन्ने बाटो खोल्ने भए मात्र राष्ट्रिय सभामा जाने शर्त गौतमले राखेपछि प्रधानमन्त्री ओलीले शर्त ठाडै अस्वीकार गर्दै सम्भव नहुने बताएको बैठकमा सहभागि नेताले बताए ।
उनले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री बन्ने व्यवस्था गरेपछि मात्र त्यहाँ जाने अडान दोहोर्याएपछि अध्यक्षद्वयले गौतमबिनाका अन्य नेताको नाममा सहमति गरेका हुन् ।