नेकपा सचिवालय बैठक जारी : केन्द्रिय समिती बैठक टुंगो लाग्ने, सभामुखमा पनि सहमती खोजिदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २०, आईतबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पुस २०,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसीरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा आगामी केन्द्रीय समितिको बैठक र सभामुख पदको उम्मेदवार चयनलगायतका विषयमा छलफल भइरहेको नेकपा स्रोतले बताएको छ ।

स्रोतका अनुसार आजै भावी सभामुखको विषयमा पनि गम्भिर छलफल हुने बताइएको छ । लामो समयदेखि रिक्त सभामुखको पदको लागी नेकपामा अझै सहमती जुटिसकेको छैन ।

पार्टी एक भएपनि पुर्वमाओवादी की पुर्वएमालेले सभामुख लिने भन्ने विषयमा विवाद छ । यसैगरी पार्टीको केन्द्रिय समितीको बैठकको एजेण्डा पनि सचिवालयमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस