बालुवाटारबाट भीम रावललाई ज्यान लिने धम्की !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २८, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष २८, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले आफूलाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको बताएका छन् । स्थायी कमिटी सदस्य रावलले आफ्नो ज्यान मार्ने धम्की बालुवाटारमा बस्ने व्यक्ति बाट आएको दाबी गरेका हुन् । नेता रावलले कसैको मृत्यु वा हत्याले त्यस व्यक्तिको राष्ट्र राष्ट्रियताका पक्षमा निस्किएका आवाजहरु हराएर नजाने बताए ।

राजनीतिक दलका नेताहरु जनताका माध्यम भएको बताउँदै नेता रावलले देशको माया गर्ने र राष्ट्रलाई जोगाउनु पर्छ भन्दा साथ र समर्थन भन्दा धम्की र विरोध हुन दुःखद् भएको बताए । राजनीतिमा विचारको बहस हुन सक्ने भन्दै नेता रावलले राष्ट्र हीत नहुने कुराको विरोध गर्दा राजनीतिक रुपमा लड्न छोडेर धम्कीमा उत्रनु दुखद् भएको बताए । तर उनले कस्ले धम्की दियो भन्ने खुलाउन चाहेनन् । बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो ।

– मार्ने धम्की झुठो
आफ्नै दलको सरकार र पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा ज्यान मार्ने धम्की आएको गम्भीर आरोपको बालुवाटारले भने खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेता भीम रावलले चर्चामा आउनका लागि झूठ बोलेको आरोप लगाए । प्रेस सल्लाहकार थापाले भने नेता रावलले लगाएको आरोपको खण्डन गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस