पुस २८,काठमाडौँ । राष्ट्रिय युवासंघ नेपालका नेता माधव बास्तोलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलमाथी ज्यान मार्ने धम्की आएको सत्य हो भने धक्मी दिनेमाथी अनुसन्धान हुनुपर्ने बताएका छन । उनले अनलाईनकेन्द्रसंग भने– बालुवाटारबाट आफ्नै नेतालाई ज्यान मार्ने धम्की आएको जस्तो मलाई लाग्दैन तर कथमकदाचित यस्तो निकृष्ट कार्य भएको हो भने प्रहरीले तत्काल अनुसन्धान सुरु गर्नुपर्छ । त्यसमा सरकारले सहयोग गर्नुैपर्छ ।
उनले भने-‘बालुवाटाभित्र पसेर त्यस किसिमको अराजक गर्ने कोही कसैलाई पनि सरकारले कारबाही गर्नपर्छ’ । उनले थपे–नेता रावलले पनि चर्चामा आउनको लागी त्यस किसिमको अभिव्यक्ती दिएको भए पार्टीले तत्काल स्पष्टीकरण लिनुपर्छ । उनले पछिल्लो समय पार्टीभित्र देखिएको अराजकता,सरकारलाई कमजोर बनाउने खेल र त्यसका मतियारहरु एकपछि अर्को गर्दै सतहमा छताछुल्ल भएको अवस्था रहेको बताए ।
उनले भने– त्यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने भविष्य राम्रो देखिदैन ,मलाई विश्वास छ यो अराजकता पार्टी नेतृत्व र सरकारले चाँडै नै नियन्त्रणमा ल्याउछ । अन्यथा हामी युवा,विद्यार्थी चुप लागेर बस्ने अवस्थामा रहदैनौ । उनले थपे– हामी नेता र नेतृत्वलाई खवरदारी गछौँ