सन्तोष सुवेदी
पौष २८, धादिङ । नेपाली काँग्रेसको पार्टी कार्यालयले कारबाहि गर्ने कुरा आफुलाई जानकारी नभएको नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसिले बताएका छन् । केहि अनलाईनमा समाचारहरु आएपनि यस बिषयमा पार्टीले कुनै किसिमको जानकारी नगराएको उनले बताए । उनले भने-“मैले समाचारहरुमा पढेको हुँ, यसबारे मलाई पनि खासै थाहा छैन, अब कारबाहि भनेको के हो ? जिल्ला सभापति निलम्बन नै गरे पनि मलाई आपत्ति छैन ।”
केन्द्रबाट आएको सबै आदेश मानिरहेको खण्डमा यस्तो कारबाहि कुनै हालतमा नहुने र भएपनि फरक नपर्ने उनले बताए । “ब्यक्तिगत रुपमा हामीले गर्ने कतिपय बिषयमा पार्टीले केन्द्रबाट भएका कमीकमजोरी गल्तिहरुका बारेमा कुरा उठाउँदा चित्त नबुझ्ने अबस्थामा कारबाहि हुने भए अर्कै कुरा हो ! उनले थपे-“पौष ११ गते केन्द्रिय समीतीको बैठकमा जसरी एकतर्फि ढङ्गले चौधौँ महादिवेशन घोषणा गर्ने काम भयो यो गलत हो, “अब यहि कुरा उठाउँदा कारबाहि गर्नेकुरा हो भने ठिकै छ, त्यो सबै ब्यहोर्न तयार छु ।” यस बारेमा पार्टीका अन्य सदस्यहरुले पनि कुनै कुरा नउठाएको उनले जिकिर गरेका छन् ।
नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीले कारबाहि गर्ने कुरा निराधार रहेको बताए । अनलाईन केन्द्रसँगको कुराकानीमा उनले भने-“पार्टीले कारबाहि गर्ने कुरा निराधार छ, त्यो सत्य हैन, कारबाहिको कुरा कतै परेको छैन, सौहार्द रुपमा कामहरु भईरहेको छ, “यो समाचार बाहिर आईसकेपछि पनि सभापति ज्यू,पदाधिकारी, सदस्य सबै नेताहरुलाई भेट्यौँ, त्यहाँ पनि कुनै कुरा भएको छैन, त्यो निराधार कुरा हो ।”
“पार्टीमा कारबाहिको कुरा उठेकै छैन त ? भन्ने प्रश्नमा सभापति धमलाले भने- “पार्टीमा कुनै कुरा उठेको छैन, उठेको भए त जानकारी हुने थियो ।” यसकारण पनि यो निराधार छ । कारबाहिको कुरा उठ्नेमा कुनै शँका पनि नरहेको उनले अनलाईन केन्द्रलाई बताए ।
केहि दिन अगाडी बिभिन्न मिडियाले धादिङका सभापति रमेश धमला, नुवाकोटका सभापति जगदिश्वर नरसिँह केसि लगायत अन्य केहि जिल्लाका काँग्रेस सभापतिहरुलाई पार्टीको निर्देशन नमानेको, पार्टीका बारेमा गलत हल्ला फैलाएको भन्ने जस्ता कारणले कारबाहि हुने भनेर समाचारहरु बाहिर आएका थिए ।