प्रदेश नम्बर १ र ५ को नाम र राजधानीबारे निर्णय के हुन्छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २९, मंगलबार (५ साल अघि)
  • ५० पटक पढिएको
Post Thumbnail

पुस २९,काठमाडौँ । लामो समयदेखि प्रदेश नं. १ को नामकरण हुन नसकेको अवस्थामा पछिल्लो समयमा प्रदेश नं. ३ ले बाग्मती प्रदेशको नामकरण गरेपछि यहाँ पनि बहस शुरु भएको छ । सगरमाथा र कोशीको बिषयमा आन्तरिक रुपमा बहस चल्दै आएको नेकपाका एक प्रदेश नेताले बताएका छन । सगरमाथाको पहिचान विश्वब्यापी रहेको र नेपालको नै गौरव रहेकाले प्रदेशसंग यसलाइ नगाँस्ने र कोशी प्रदेश नाममा सहमति हुनसक्ने ती नेताले जनाए ।

झापामा एकको एक विद्वत सभामा प्राज्ञ तथा इतिहासविद डा. जगमान गुरुङले कोशी नदीको नाममात्र नभएर यस क्षेत्रको सभ्यता भएको भन्दै प्रदेशको नामकरण गर्दा कोशी राख्दा यहाँका आदिबासी जनजातीको शिर ठाडो हुने बताएका थिए। कोशी खोलाको मात्र नाम होइन ईतिहास हेर्ने हो भने यो अहिले आदिबासी तथा जनजातीले उठाउदै आएको पहिचानयुक्त सर्वसम्मत नाम हो, उनको भनाइ थियो । सगरमाथा, कोशी, कञ्चनजङ्घा, मेची, किरात, लिम्बुवान, पुर्वी प्रदेश लगायतका नामहरुको बिषयमा बहस हुँदै आएको छ । कर्णाली र बाग्मती यहाँका प्राचिन नदीहरुको नाममा प्रदेश नामकरण भएपछि प्रदेश नं. १ को कोशी प्रदेश नामकरणका लागि बलियो सम्भावाना बढेको पाईन्छ । नेकपाले अनौपचारिक छलफलहरुमा यस बिषयमा सहमति नजिक पुग्न लागेको श्रोतको भनाइ रहेको छ ।

२०७४ फागुन २ गते प्रदेश ६ ले सर्वसम्मत रूपमा आफ्नो प्रदेशको नाम ‘कर्णाली’ राखेको थियो । यसपछि प्रदेश ४ ले २०७५ साल असार २३ आफ्नो नाम गण्डकी प्रदेश राखेको थियो । दुइवटै प्रदेशको नामकरण यहाँका प्राचिन नदीहरुबाट भएकाले प्रदेश नं. १ को नामकरण पनि यसको प्रभावबाट मुक्त नहुने अड्कलबाजी शुरु भएको छ ।

संविधानको धारा २८८ को उपधारा २ ले ‘प्रदेशको राजधानी प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ’ भन्ने उल्लेख भएकाले नेकपाले नामको बिषयमा जे सहमति जुटाउछ त्यहि नै हुने प्रवल सम्भावाना रहेको छ । नेकपाका एक प्रदेश सदस्यका अनुसार पार्टीभित्र अनौपचारिक रुपमा कुराकानी भएपनि औपचारिक रुपमा नामको बिषयमा छलफल हुन सकेको छैन ।

यता प्रदेश नं ५ को राजधानीको विषयले चर्चा पाएको छ । प्रदेश नं ३ को राजधानीको नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार पारित गरेपछि प्रदेश नं ५ को राजधानीबारे चर्को बहस शुरु भएको छ ।

प्रदेशसभाको पहिलो बैठकले राजधानी रहने स्थान र नामकरण गर्ने संवैधानिक प्रावधान रहे पनि प्रदेश नं ५ मा भने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । आगामी माघ ५ गतेदेखि शुरु हुने प्रदेशसभाको पाँचौँ हिउँदे अधिवेशनले प्रदेशको नामाकरण र राजधानीको विषय टुङ्गो लगाइने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

सहकार्य : गोरखापत्र

ताजा अपडेट

खोजी गर्नुहोस