अनेरास्ववियूको प्रथम पुर्ण बैठक : सातबुँदे निर्णय र १४ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २९, मंगलबार (५ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

पुस २९,काठमाडौँ । एकतापछि बसेको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्रथम पुर्ण बैठक सातबुँदे निर्णय र १४ बुँदे विभिन्न शिर्षकका प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

राजधानीमा दुई दिनसम्म चलेको बैठकको उद्धघाटन पार्टी महासचिव विष्णु पौडेलले गरेका थिए । बैठकले विधान मस्यौदा प्रतिवेदन आवश्यक छलफल पश्चात सुझावसहित सर्वसम्मतले पारित भएको नेता सुदेश पराजुलीले अनलाईनकेन्द्रलाई बताए । बैठकले माघ मसान्तसम्ममा सम्पुर्ण तहको एकता प्रक्रिया सक्ने निर्णय समेत गरेको छ ।

६ महिनाभित्र जिल्ला र मातहतका कमिटीको एकता अधिवेशन गर्ने अनेरास्ववियुको निर्णय रहेको छ । आगामी फागुन १४ गते त्रिविले गरेको स्ववियु निर्वाचन घोषणाको स्वागत गर्दै संगठनले तोकिएको मितीमा हरहालतले चुनाव गर्न ध्यानाकर्षण गराउदै अन्य विश्वबिद्यालयलाई पनि स्ववियु निर्वाचनको मिती घोषणा गर्न दवाव दिने बताएको छ । बैठकले अन्तराष्ट्रिय,राष्ट्रिय/समसामयिक , शैक्षिक र शोक प्रस्ताव गरी तिन मुद्धामा १४ बुँदे प्रस्ताव पारित गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस