माघी तथा माघे सङ्क्रान्तिको प्रधानमन्त्री ओलीद्धारा शुभकामना

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ १, बुधबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघी तथा माघे सङ्क्रान्ति पर्वको शुभकामना दिएका छन् । उनले शुभकामना सन्देश जारी गर्दै थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्तिको शुभकामना व्यक्त गरेका हुन् ।

‘थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीको सन्देशमा छ, ‘सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा प्रवेश गर्ने समयमा हरेक वर्षको माघ १ गते देशका विभिन्न भागमा विभिन्न तरिकाले मनाइने यस पर्वका अवसरमा सुस्वास्थ्य सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस