जनप्रतिनिधिलाई शेखरले भने : सरकारको गतिविधि अधिनायकवादतर्फ उन्मुख

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ १, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ १, विराटनगर । नेपाली कांगेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसँग कोइराला निवास विराटनगरमा छलफल गरेका छन् । प्रदेश १ का विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसँग निवासमा समसामयिक राजनीतिको विषयमा छलफल गरिएको हो ।

छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागी थिए । कोइरालाले सरकारको गतिविधि अधिनायवादतर्फ उन्मुख रहेको र यसले जनताका अधिकारलाई कुण्ठित बनाउने षडयन्त्र गरिरहेको बताए । प्रमुख उपप्रमुखहरु कांग्रेसको टिकट पाएर विजयी भएको र अहिलेको समस्यालाई पार लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस