“सभामुखबारे झगडा गरिरहने भए काँग्रेसलाई दिनुस्” : सभापति देउवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ १, विराटनगर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको उम्मेदवार चयनमा नेकपाभित्र झगडा गर्ने भए आफ्नो पार्टीलाई दिन आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले सभामुख चयनका विषयमा नेकपाभित्र आपसमा झगडा गर्ने भए सभामुख कांग्रेसलाई दिन आग्रह गरेका हुन् । उनले संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरेका छन् ।

नेकपाको विवादका कारण संसद सञ्चालन नहुँदा महत्वपुर्ण विषयको निर्णय ढिला हुने र देशलाई हेर्ने विश्वको दृष्टिकोणमा नकरात्मक प्रभाव पर्ने देउवाले बताए । यसैगरी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायताका विषयमा बोल्दै देउवाले कांग्रेसले अनुमोदन गर्ने भनेर पास गरिसकेको बताउँदै संसदमा अनुमोदन गर्न आग्रह पनि गरेका छन् ।

फोटो : फाईल

ताजा अपडेट

खोजी गर्नुहोस