माघ ६, काठमाण्डौ । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले अब हिज–हर रोयल हाइनेस (एचआरएच) उपाधि प्रयोग गर्न नपाउने र उनीहरुले पब्लिक फन्डको रकम पनि नपाउने भएका छन् ।
बकिङ्घम राजदरबारले शनिबार सो कुराको घोषणा गरेको हो । साथै सो दम्पतीले बेलायतकी महारानीलाई औपचारिक रुपमा प्रतिनिधित्व पनि नगर्ने राजदरबारले जनाएको छ ।