माघ ७, काठमाण्डौ । मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत ईन्टरनेट लाइन अवरुद्ध भएको छ । मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो ।
राज्य आपतकालीन सेवा एसईएस का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए । मुख्यतया यी फोनहरु भाँचिएका रूखका डरले आएको एसईएसका निर्देशक पल बेलीले स्काई न्यूजलाई बताएका छन् ।