थाइल्याण्डमा अन्धाधुन्ध गोली चल्यो , २० को मृत्य

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २६, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २६, काठमाडौ । थाइल्याण्डमा एक सैनिकले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । थाइल्याण्डको नाक्होन रात्चासिमा सहरमा सेनाका जुनियर अफिसरले जथाभावी गोली चलाएका थिए ।

जाक्राफन्थ थोम्मा नाम गरेका ती सैनिकले आफ्ना कमाण्डरलाई गोली हानेर हत्या गरेका थिए । त्यसपछि अन्यमाथि पनि अन्धाधुन्ध गोली चलाएका थिए । उनले सैनिक क्याम्पमा कमाण्डरको हत्या गरेपछि नजिककै सपिङ सेन्टरमा गएर गोली चलाएको बताइएको छ ।

आक्रमणमा कम्तिमा १२ जना घाइते भएका छन् । उनले कमाण्डर र सर्वसाधारणमाथि गोली चलाउनुको कारण खुलेको छैन । सुरक्षाकर्मीले सपिङ सेन्टरलाई घेरा हालेर आक्रमणकारीलाई पक्राउ गर्ने कोसिस गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस