माघ २८, काठमाण्डौ । बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा मङ्गलबार बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका सरकारी अधिकारीले जनाएका छन् ।
रोहिङ्ग्या मुसलमान शरणार्थी बोकेको सो डुङ्गा दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको यस डुङ्गामा १३० व्यक्ति सवार रहेका जनाइएको छ ।