अमेरिकाले विकासशील मुलुकको सूचीबाट भारतलाई हटायो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण १, काठमाण्डौ । अमेरिकाले भारतलाई ‘विकासशील मुलुक’को सूचीबाट हटाएको छ । यो सूचीमा रहेका मुलुकले विभिन्न किसिमको व्यापारिक सुविधा पाउँदै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीन लगायत मुलुकलाई विकासशील मुलुकको सूचीमा राखिनु न्यायोचित नभएको बताउँदै आएका थिए ।

फेब्रुअरी २४–२५ मा ट्रम्प भारत भ्रमणमा आउँदै छन् । त्यसअघि अमेरिकाले यस्तो कदम चालेको हो । अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय ९यूएसटीआर०ले ब्राजिल, इन्डोनेशिया, हङकङ, दक्षिण अफ्रिका र अर्जेन्टिनालाई दिँदै आएको व्यापारिक सौविध्य पनि हटाएको छ । भारत जी२० मुलुकको सदस्य बनेको र विश्व व्यापारमा उसको हिस्सा शून्य दशमलव ५ प्रतिशत पुगिसकेको कारण भारतलाई विकासशील मुलुकको सूचीबाट हटाइएको अमेरिकाले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस