“अमेरिकी दबाबसामु इरान झुक्ने छैन” : इरानी राष्ट्रपति

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ५, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, काठमाण्डौ । इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी दबाबसामु आफ्नो मुलुक नझुक्ने बताएका छन् । तेहरानमा आयोजित पत्रकार सम्मेलनमा उनले बाध्य भएर अमेरिकासँग वार्ता नगर्ने पनि बताए ।

अमेरिकाको कडा आर्थिक प्रतिबन्धका कारण इरानी अर्थव्यवस्था कमजोर स्थितिमा पुगेका बेला रुहानीले यस्तो अडान सार्वजनिक गरेका हुन् । अमेरिकी प्रतिबन्धका कारण इरानले तेल बेच्न पाइरहेको छैन । इरानले अमेरिकासँग नयाँ परमाणु सन्धि गर्न चाहिरहेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस