अमेरिकी वस्तुमा अतिरिक्त कर हटाउँदै चीन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ७, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण ७, काठमाण्डौ । चीनले ६ सय ९६ अमेरिकी वस्तुमा लगाइएको अतिरिक्त कर हटाउने तयारी गरेको छ । अमेरिकासँगको पहिलो चरणको व्यापार सम्झौता पूरा गर्ने क्रममा चीनले उक्त अमेरिकी उत्पादनमाथिको अतिरिक्त कर हटाउने तयारी गरेको हो ।

फेब्रुअरी १४ देखि पहिलो चरणको व्यापार सम्झौता कार्यान्वयनमा आएसँगै मंगलवार चीनले यस्तो घोषणा गरेको हो । यो अमेरिकी वस्तुमा लगाइएको कर हटाउन गरिएको तेस्रो चरणको अतिरिक्त कर छूटको निर्णय हो ।

चीनले आगामी २ वर्षमा २ खर्ब डलरको वस्तु तथा सेवा खरीद गर्ने वाचा गरेको छ । सम्झौताको एक हिस्साको रूपमा चीनले अमेरिकी वस्तु तथा सेवा खरीद बढाउने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस