फाल्गुण ८, काठमाण्डौ । जर्मनीको हानाउ शहरमा गोली प्रहार गरिएका भनिएका संदिग्ध व्यक्ति आफ्नै घरमा मृत फेला परेका छन् । हानाउ शहरस्थित २ वटा बारभित्र र बाहिर गोली चलाएका भनिएका ती व्यक्ति आफ्नै घरमा बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ । सोही स्थानमा अर्को एक शव पनि फेला परेको प्रहरीको भनाइ छ ।
बुधबार २ वटा हुक्का बार शिशा लाउन्ज मा ती संदिग्धले गोली चलाउँदा ९ जनाको ज्यान गएको थियो । प्रहरीले संदिग्ध व्यक्तिबारे कुनै विवरण उपलब्ध गराएको छैन । साथै घटनामा अन्य व्यक्तिको संलग्नता भएको कुनै प्रमाण फेला नपरेको पनि बताइएको छ ।
मृत भेटिएका संदिग्ध व्यक्तिले बारमा गोली चलाउनुको कारण र उनको मृत्यु हुनुको कारणबारे पनि केही खुलाइएको छैन ।